काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज बढेको छ ।

सोमबार छापावाल सुन प्रतितोला ९० हजार २ सयमा कारोबार भएकोमा आज ७ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९० हजार ४६० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोला ९४० रुपियाँमा कारोबार भएकोमा आज १० रुपियाँले बढेर ९५० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार