काठमाडौं- बजार अनुगमनका क्रममा गुणस्तर परीक्षणका लागि भन्दै नमुनाका रूपमा व्यवसायीबाट लिएका बहुमूल्य धातुका गहना गायब पार्ने वाणिज्य, आपूर्ति, तथा उपभोक्ता संरक्षण विभागका तीन कर्मचारीरुद्ध मुद्दा दायर भएको छ ।

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तर परीक्षणका लागि लिएका सुनचाँदीका गहना तथा हिरा, हिराजवाहरात जस्ता बहुमुल्य धातु गायब पार्ने विभागका तत्कालीन ३ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

विभागका तत्कालीन निर्देशकहरु लक्ष्मण श्रेष्ठ र हरिनारायण बेल्बासे तथा नायब सुब्बा रामबहादुर थापा मगरविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। यी तीनजनाले विभागबाट विभिन्न समयमा भएका अनुगमनका क्रममा व्यापारीबाट नमुना परीक्षणका लागि भन्दै लिएको ४९ दशमलव ५२ ग्राम सुन र ७७ दशमलव ४२ ग्राम चाँदीका गहना गायब बनाएको देखिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार