काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार २६० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार चाँदी प्रतितोला १००५ मा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार