काठमाडौं – नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहिबार छापावाल सुन प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ५ सय घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ७६० रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदी प्रतितोला १००५ मा कारोबार भएकोमा आज प्रतितोला १० रुपैयाँले घटेर ९९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार