काठमाडौं – नेपाली बजारमा सुनको मूल्य हालसम्म कै उच्च भएको छ । एकै दिन तोलामा १३ सयले बढेर हालसम्म कै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार पुगेको छ भने तेजावी  सुनको मूल्य प्रतितोला ९३ हजार ५६० पुगेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोला १०४० मा कारोबार भएकोमा आज प्रतितोला ११३५ पुगेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार