बिगेन तुलाधर, काठमाडौँ – फुटपाथ पसल हटाउ अभियान संचालन गरिरहेको जागरुक युवा समुहका सचिव संजय महर्जन माथि आक्रमणको प्रयास भएको छ ।

कोरोना संक्रमणको रोकथामका निम्ति र एतिहासिक सम्पदाको शुन्दर्तालाई छोपिने गरि राखिएका अव्यवस्थित फुटपाथ हटाउनु पर्ने भन्दै जागरुक युवा समुहले अभियान संचालन गरिरहेको छ । केहि समयको लागि मात्र नभएर यस अभियानलाई सधै निरन्तर्ता दिने समुहका सचिव महर्जनले बताए ।

विभिन्न संघ संस्थाले आफूहरुको अभियानलाई साथ दिदादिदै पनि आफू र केही साथीहरुलाई आक्रमणको प्रयास भएको पनि महर्जनले बताए । धारिलो हातहतियारसहित फुटपाथ पसलेहरु आफूहरुलाई ज्यान मार्ने उद्देश्यसहित आएको पनि महर्जनले बताए ।

त्यस्तो गतिबिधिको महानगरिय प्रहरीमा जानकारी पनि गराइसकेको पनि उनले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार