काठमाडौँ – कोरोना संक्रमितको संख्या पछिल्लो समय झन् बढिरहेको अवस्थामा काठमाडौँको बसन्तपुरमा आज बिहानै देखि गाईजात्रा मनाउनेको भिड बढेको छ ।

मानिसहरु बिहानै देखि जात्रा निकालेर बसन्तपुरमा भेला भइरहेका छन् ।

हिजो मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ हजार ३३७ जनाको नमुना परिक्षणमा ४१८ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिएको थियो ।

गाई जात्राको दिन विशेष गरी काठमाडौँ उपत्यकाका नेवाः समुदायले मृत्क आफन्तजनको सम्झनामा जात्रा निकाल्ने गर्दछन् । कोरोना महामारीको यस अवस्थामा पनि आज काठमाडौँ, ललितपुर र भक्तपुरमा भिड हुने छनक देखिन्छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार