काठमाडौँ – मलेसियामा एक नेपाली सेक्युरिटी गार्ड कुटपिट गर्ने व्यक्ति नेपाली नै भएको र उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेको जनाइएको छ ।

कुटपिट गर्ने व्यक्ति कपिलवस्तु जिल्लाका रामगोपाल मुराउ भएको मलेसियास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । कुटाइ खाने व्यक्ति पनि नवलपरासीका ईस्लाम हुसेन रहेको र दुवै जना नेपाली रहेको दूतावासले बताएको छ । मलेसियामा हुसेनलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा देखिएको घटना यही ७ जुलाई बिहान १० बजेतिर क्वालालम्पुरमा रहेको एम थ्रि महलमा भएको थियो । पीडित सेक्यूरिटी गार्ड र पीडक सुपरभाइजरको रुपमा कार्यरत रहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राजदूतावासको सम्पर्कमा आएका दुवै जनाले उक्त भिडियोमा देखिने पात्र आफूहरू नै रहेको कुरा स्वीकार गरेका छन् । हुसेनलाई पिट्ने रामगोपाल मुकाउ आज सोमबार नै स्वेच्छाले मलेसियन प्रहरीसमक्ष उपस्थित भएका खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार