काठमाडौं-लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विष्फोटमा मृत्यु हुनेको संख्या १ सय ३५ पुगेको छ भने चार हजारभन्दा धेरै मानिस घाइते भएका छन् ।
मंगलबार विष्फोटक पदार्थ भण्डारण गरिएको स्थानमा भयानक विष्फोट भएको थियो ।
लेबनान सरकारले यो विष्फोटको अनुसन्धान सुरु गरिसकेको जनाएको छ । अनुसन्धानका लागि बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको छ । विष्फोटका कारण टाढा–टाढासम्मका भौतिक संरचनामा पनि क्षति पुगेको छ ।
यूकेस्थित शेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले बेरुत विस्फोटलाई आधुनिक इतिहासको सबैभन्दा ठूलो गैरआणविक विस्फोटमध्येको एक भनेका छन् ।