काठमाडौं – प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै प्रहरी हेडक्वार्टरमा काेराेनाभाइरस (काेभिड-१९)बाट संक्रमित हुनेकाे संख्या ८५ पुगेको छ ।  हाल नेपालभर ३१९ जना प्रहरी कोरोना संक्रमित पुष्ट भएकाे र १ सय १९ जना निकाे भइसकेका छन् ।

बिहीबार १० जनामा कोरोना भाइरस पोजेटिभ देखिएको प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कठायतले पुष्टि गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार