काठमाडौं – नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

बिहिबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सयमा कारोबार भएकोमा आज तोलामा एक हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य १ लाख ३ हजार निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार