काठमाडौँ  – महामारी रुपमा फैलिएको (कोभिड- १९ ) कोरोना भाइरसले गर्दा काठमाडौँ लगायत उपत्यकाका तिन वटै प्रशासन कार्यालय बन्द हुने भएको छ ।

बढ्दै गएको कोरोनालाई ध्यानमा राखी सरकारले जोर बिजोर प्रणाली लागु गरेसँगै अत्यावश्यक सेवाबाहेक कार्यालय १५ दिन बन्द हुने भएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारीका अनुसार गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तीलाई ध्यानमा राखी यस्तो निर्णय गरेको बताएको छ ।

बैठकमा मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा जोर बिजोर प्रणालीलाई अवज्ञा गर्नेलाई कडा कारवाही गर्ने समेत बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार