काठमाडौं-दुबइबाट १९१ यात्रु बोकेर उडेको एयर इण्डिया एक्सप्रेसको विमान रनवेमा चिप्लिँदा दुई टुक्रा भएको छ ।

उक्त विमान शुक्रबार ७ बजे केरलाको कालीकट विमानस्थलमा ल्यान्ड गर्ने क्रममा चिप्लिएको भारतीय उड्ययन प्राधिकरणले जनाएको छ ।

उक्त दुर्घटनामा उद्धार कार्य भइरहेको जनाएको छ । पाइलटसहित दुईजनाको मृत्यु भएको स्रोतलाई उदृत गर्दै बीबीसीले पुष्टि गरेको छ ।

विमान कम्पनीका अनुसार १० बालबालिकासहित १८५ यात्रु र ६ चालक दलका सदस्य रहेको जनाइएको छ ।

भारती वर्षमा भइरहेका समयमा IX-१३४४ कलसाइनको विमान रनवेको अन्तिम भागमा पुगेर दुई टुक्रा भएको जनाइएको छ ।

दुबइबाट भारतको दक्षिणी राज्य केरालाको कालीकट विमानस्थलमा चिप्लिँदा दुर्घटना भएको बीबीसीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार