काठमाडौं – नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ६ सयमा कारोबार भएकोमा आज तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो पनि सुनको मूलय तोलामा ९ सयले घटेको थियो ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ४ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य १ लाख १ हजार ९ सय निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज तोलामा १५ रुपैयाँ घटेर तोलाको १३ सय ९५ रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार