काठमाडौँ – पप गायक हरिश माथेमाको पुरानो लोकप्रिय गीत ‘स्वप्निल रंगमा’ बोलको रिमेक भर्सन भोलि बिहिबार सार्वजनिक हुदैछ।

२०४६ सालमा रेकड भएको यो गीतको २०४७ सालमा दृश्य छायांकन पनि भएको थियो । यस गीतको संगीत तथा रचना लोकप्रिय सर्जक रचनाकार भुपेन्द्र रायमाझीले गरेका हुन् ।

पुन: यो गीतलाई नयाँ पुस्तामा पहिलेको पप संगीतको सुरवाती स्वाद तथा जानकारी दिन यस गीतलाई रिमेक भर्सन निकाल्न खोजेको गायक हरिश माथेमाले बताए । नयाँ रिमेक भर्सनमा संगीत संयोजन दिवेश मुल्मीले गरेका छन् ।

गायक हरिश माथेमा पप संगीतको हस्तीको रुपमा चिनिने नाम हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार