काठमाडौं – बुधबार नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल सं‌ख्या २४ हजार ४३२ पुगेको छ । यसै बिचमा काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने काठमाडौंमा मात्र १०९ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार