काठमाडौं – शुक्रबार नेपालमा ५९४ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा  जनसं‌ख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।

२४ घण्टामा कोरोना  संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २४० रहेको छ । डिस्चार्ज हुनेको कुल संख्या १७ हजार ७७ पुगेको छ ।

काठमाडौं उपत्यकामा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितहरु कहाँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार