ललितपुर– पाटन अस्पतालमा थप एक कोरोना संक्रमित पुरुषको आइतबार मृत्यु भएको छ ।
साउन २० गतेदेखि पाटन अस्पतालमा उपचाररत ६० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले पुष्टि गरेको छ ।
कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी काठमाडौं निवासी हुन् ।
कोभिड–१९ संक्रमणबाट पाटन अस्पतालमा मात्रै ६ जनाको मृत्यु भइसकेको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०५ पुगेको छ ।