काठमाडौँ – नेपालको चित्रकला क्षेत्रका वरिष्ठ पौभाः कलाकार साथै साहित्यकार प्रेममान चित्रकारको निधन भएको छ ।

लामो समयदेखि दमको रोगले पिडित चित्रकारको आइतबार दिउँसो उपचारको क्रममा कलंकीस्थित नेशनल हस्पिटलमा निधन भएको हो ।

उनको आइतबार नै पशुपतिमा अन्तिम संस्कार गरिएको छ ।

उनलाई ७२ साल बैसाख २ गतेका दिन नेपाल ललितकला–प्रज्ञा प्रतिष्ठानले इन्द्रराज्य प्रज्ञा पुरस्कारबाट सम्मान गरेको थियो ।

नेपाल परम्परागत कलाकार संघ नामक संस्थाका अध्यक्ष समेत रहेका उनले धेरै युवाहरुलाई पौभाः चित्रकलाको प्रशिक्षण दिएका थिए ।

७६ वर्षीय चित्रकारले थुप्रै उत्कृष्ट चित्रकलासंगै साहित्यिक पाटोमा पनि योगदान दिएका छन्।

नेपालभाषाको पहिलो सांगितिक एल्बम प्रकाशन गर्ने चित्रकारको परिवारमा श्रीमति, ३ सुपुत्री र एक सुपुत्र रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार