ललितपुर – १० वर्षको बालकले आत्महत्या गर्छ ? तर, कोरोना भाइरसको महामारीको बखत यस्तो दुखान्त घटना समेत भएको छ । त्यो पनि ललितपुरमा ।

ललितपुरको महालक्ष्मी नगरपालिका ८ लुभुमा साउनको तेस्रो हप्ता बालकले आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार डोरीमा झुण्डिएको अवस्थामा फेला परेका बालकलाई आफन्तले तत्काल अस्पताल पुर्याएका थिए । किष्ट अस्पताल इमाडोलमा उनलाई मृत घोषित गरिएको थियो ।

बालकले राम्ररी डोरीको गाँठो समेत बानेका थिएनन् । प्रहरीका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानबाट आत्महत्या देखिएको छ । तर, १० वर्षका बालकले के कारणले आत्महत्या गरे भन्नेबारे अनुसन्धान टुंगिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार