काठमाडौं- कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने तयारी हुन लागेको छ ।

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु उपत्यकामा निषेधाज्ञा गर्ने वा लकडाउन गर्ने भन्ने बारेमा आन्तरिक तयारीमा जुटेका भने संक्रमितको संख्या दिनदिनै बढ्दै गएको छ ।

सरकारले जारी गरेका स्वास्थ्यका मापदण्डहरुको पालना नगरिएको, काठमाडौं बाहिरबाट लुकिछिपी उपत्यकामा भित्रिने क्रम नरोकिएको जस्ता कारणले आवतजावतलाई कडा पार्न के विधि अपनाउने भन्नेबारे केही दिनदेखि छलफलहरु भइरहेको र आज पनि छलफल हुन लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार