काठमाडौं – मंगलबार देशभर कोरोनाका १ हजार १६ संक्रमित थपिएका छन्। एकै दिन थपिएकाे याे संख्या हालसम्मकै बढी हाे।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए। आज थपिएकासहित हालसम्म संक्रमित हुनेको संख्या २८ हजार २ सय ५७ पुगेको छ।
विगत २४ घण्टामा ८५ जना संक्रमित निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या १७ हजार ५ सय ८० पुगेको छ। विगत २४ घण्टामा मृतक ७ जनामा कोरोना पुष्टि भएको छ।
काठमाडौं उपत्यकामा भने २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यो अहिलेसम्मकै बढी संक्रमित संख्या हो।
संक्रमितमध्ये काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना छन्।