काठमाडौ :गायिका सोनिया डिसिले महिला उत्पिडनविरुद्ध टेलिभिजन सिरियल घाईते मुटु सार्वजनिक गरेकी छन् |

बाउले कुटेको त्यो दिन आमा गुमाउनु को पिडा ! पछिल्लो समय दर्शकको मन छुन सफल घाइते मुटु को छायांकन आर डि राधा दुलालले गरेका हुन भने ब्यबस्थापन गोपाल बटला को रहेको छ !नेपाली समाजमा चल्दै आएका कुरिती र घट्दै आएका घटना लाई लिएर पछिल्लो समय घाइते मुटु सार्बजनिक भएको छ ! अज्ञानता, अशिक्षा तथा पुरुषसत्तावादी सोचको शिकार बनेका महिलाको कारुण दृश्य सिरियलमा देखाइएको छ। खासगरी ग्रामिण भेगमा महिलाले परिवार, छरछिमेक र समाजबाट हरेक दिन भोग्नु परेका पीडालाई कलात्मक रुपमा सिरियलमा उतारिएको छ।

हालै सार्वजनिक भएको पहिलो भागमा रजश्वला भएकी युवतीले पानी छुन नपाउँदा आमाको ज्यान नै गएको दृश्य मार्मिक तरिकाले देखाइएको छ। जहाँ पुरुषसत्तावादी सोचबाट ग्रसित नेपाली समाजको यथार्थ उदांगो पारिएको छ।
बसन्त खनालको निर्देशनमा तयार भएको उक्त सिरियलको निर्माण गायिका सोनिया डि सि ले गरेकि छिन भने गोपाल बटालाले व्यवस्थापन गरेका छन्।

सिरियलमा भुपाल कार्की, गोपाल बटाला, लक्ष्मी लामा, मधु दुश्मन, दीप श्रीपाली, सम्राट घिमिरे, रिदम महत लगायत कलाकारले अभिनय गरेका छन्। छायांकन र सम्पादनमा आर डी राधा दुलालले गरेका छन् ,तेस्तै निर्देशक खनालले भनेका छन परापुर्बकाल देखि नै समाजमा घट्दै आएका घतलाग्दो घटनाहरु आज को दिन सम्म पनि कति पए समाजको कुना मा यस्तै घटना घटिरहेको छ तेस्तै घटना लाई आधारित मानेर बनाइएको हो यस्ले दर्शकको मन छुन्छ !

गायिका सोनियाले नेपाली समाजको विसंगत पक्षलाई हटाउन र नयाँ चेतना उजागर गर्न आफुले भिडियो निर्माण गरेको बताएकी छिन।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार