आठबिसकोट नगर आस्पतालमा रक्तक्षेपण कार्यको सुरुवात

रुकुम पश्चिमको आठबिसकोट नगर अस्पतालमा एक ब्यक्तिबाट अर्काे ब्यक्तिमा रगत दिने अर्थात रक्तक्षेपण कार्यको सुरुवात गरिएको छ ।
रक्तश्राव भएकी जाजरकोटकी एक महिलालाई रक्तक्षेपण गर्दै हिजोदेखि उक्त कार्यको सुरुवात गरिएको हो । ४ महिनाको गर्भ खेर गई अत्यधिक रक्तश्रव भएकी जाजरकोटको नलगाड नगरपालिका १० ध्यारगाउँकी ३२ वर्षिया धन कुमारी बि.कमा रक्तक्षेपन गर्दै सो कार्यको थालनी गरिएको नगर अस्पताल प्रमुख, तथा स्वास्थय तथा सामाजिक बिकास शाखा संयोजक मनिराज शाहले जानकारी दिनुभएको छ । उहाँ अनुसार नगर अस्पतालका डाक्टर बिशद दहालको टोलीको सक्रियतामा ति महिलालाई बि पोजेटिभ समुहको एक पिन्ट रगत चढाइएको हो । बिरामी बिकको रक्त समुह उहाँँका श्रीमान ३५ वर्षिय मन बहादुर बि.क सगँ मिले पछि श्रीमानको रगत श्रीमतीलाई चढाइएको संयोजक शाहले बताउनुभयो ।
उक्त कार्यको थालनी भएसगैँ अव बिषेश गरि गर्भवती तथा सुत्केरी महिलाले राहत पाउने भएका छन ।

।रुकुम पशिम : सत्य बहदुर बटाला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार