रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाद्धारा गत आर्थिक वर्ष २०७६÷०७७ मा लक्ष्य भन्दा धेरै आन्तरीक राजस्व संकलन गरेको छ

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा लक्ष्य भन्दा बढि राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७६÷०७७ मा ३ कारोड ५० लाखको लक्ष्य लिइएकोमा लक्ष्य भन्दा बढि राजश्व संकलण भएको हो । आर्थिक वर्ष वर्षभरीमा नगरपालिकाले बिभिन्न क्षेत्रबाट जम्मा ३ करोड ६८ लाख ४९ हजार ५ सय ६८ रुपैँया संकलण गरेको छ । सबै भन्दा धेरै स्वास्थ्य क्षेत्रबाट ६१ लाख ५१ ह्जार ५ सय १० रुपैँया संकलण भएको प्रसाशन सहायक जय बहादुर बुढाले जानकारी दिनुभयो । यस्तै घर बहाल कर बाफत २४ लाख ३७ हजार ८ सय ६१ रुपैँया संकलण भएको उहाँले बताउनुभयो । कृषि तथा पशुजन्य बस्तुको ब्यवसायीक कारोबारमा लाग्ने कर बापत १६ लाख ४५ हजार ६ सय १७ रुपैँया संकलण भएको उहाँले बताउनुभयो ।
भुमि तथा मालपोत कर बापत १४ लाख ३१ हजार २ सय १४ रुपैँ संकलण भएको उहाँका भनाई छ । यस्तै बिभिन्न सिफारिसबाट १३ लाख ९४ हजार २ सय १७ रुपैँया संकलन भएको छ । दण्ड जरिवानाबाट ७ लाख ८८ हजार १ सय ११ रुपौया, नयाँ ब्यवसाय दर्ताबाट ७ लाख १४ हजार ७ सय ९० रुपैँया, शिक्षा क्षेत्रबाट ७ लाख ६५ हजार २ सय रुपैँया संकलण भएको नगरपालिकाले जनाएको छ । यस्तै एकीकृत सम्पती कर बापत ४ लाख ५५ हजार ३ सय १६, नक्सापास दस्तुर बाफत २ लाख ५१ ह्जार १ सय ९४ रुपैया संकलण भएको उहाँका भनाई छ ।
सरकारी सम्पत्तीको बहालबाट प्राप्त आय बापत ७ लाख ६८ हजार ७ सय ६ रुपैँया,सडक निर्माण तथा मर्मत संभार दस्तुर बापत २ लाख ७४ हजार ६ सय रुपैँया संकलण भएको छ । यस्तै अन्य कर बापत १ करोड ८० लाख २८ हजार ९ सय ८५ रुपैँया संकलण भएको छ ।
नक्सा पास,पशु उपचार सेवा शुल्क,फोहोर मैला ब्यवस्थापन,यातायत क्षेत्र लगाएत बिभिन्न शिर्षक र क्षेत्रबाट जम्मा ३ करोड ६८ लाख ४९ हजार ५ सय ६८ रुपैँया सकलण भएको नगरपालिकाले जनाएको छ ।।

सम्वाददाता : सत्य बहादुर बटाला (रुकुम)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार