रुकुम । कोरोना संक्रमणको उच्च जोखिममा रहेको भन्दै रुकुमपश्चिमको आठविसकोट नगरपालिकाका ३ वडा सिल गरिने भएको छ । भोलि आइतबारदेखि एक हप्तासम्म ९, ११ र १२ वडा सिल गर्न लागिएको आठविसकोट नगरपालिकाले जनाएको छ ।

११ र १२ वडा स्थायी ठेगाना भएका र भारतबाट आएका १६ जनाको साउन ३२ गते स्वाब संकलन गरि परीक्षण गरिएकोमा आज शनिबार ६ जनाको रिपोर्ट पोजेटिभ आएपछि नगरपालिकाले संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्न वडा सिल गर्न लागेको हो ।

सिल गरिएको समयमा अत्यावश्यक सेवा बाहेकका सबै किसिमका पसल, व्यवसाय पूर्ण रुवमा बन्द हुने, अत्यावश्यक बाहेक ती वडाबाट अन्यत्र जान प्रतिवन्ध गरिएको छ ।
                                 सम्बाददात: सत्य बहादुर बटाला