रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि÷ एकै पटक ६ जना लाई संक्रमण पुष्टि भएपछि नगरपालिकाका ३ वटा वडा एक हप्ताका लागि पुर्णरुपमा शिल गरियो ।।

रुकुम पश्चिमको: आठबिसकोट नगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नगरपालिका ११ र १२ घर भईका ४ जना पुरुष र २ जना महिलालाई हिजो कोरोना संक्रमण पुष्टि भएको हो । वडा नम्बर ११ घर भई हाल भारतबाट आएर वडा नम्बर ११ को लक्षित वर्ग भवनमा रहेको क्वारिन्टनमा बसेका २ जना पुरुष र २ जना महिला सहित वडा नक्बर १२ घर भएका एक जना ट्याक्टर ड्राइभर र एक जना कपाल काट्ने ब्यवसायी गरि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा सामाजिक बिकास शाखा संयोजक मनिराज शाहले जानकारी दिनुभयो । उहाँ अनुसार उनिहरु २,देखि २४ वर्ष उमेर समुहका रहेका छन । कोरोना संक्रमितहरुलाई नगरअस्पालतमा रहेको आइसोलेसन वार्डमा सारिएको उहाँले बताउनुभयो । उहाँका अनुसार कोरोना संक्रमितहरुको स्वस्थ्य अवस्था सामान्य रहेको छ ।
यहाँका १६ जना स्वाँव संकलण गरि चौरजहारी प्रयोगशालामा परिक्षणका लागि पठाइएकोमा ६ जनाको रिर्पाेट पोजेटिभ आएको हो । बाकीँ १० जनाको भने पिसिआर रिर्पाेट नेगेटिभ आएको छ ।
यसैबिच एकै पटक ६ जना लाई संक्रमण पुष्टि भएपछि नगरपालिकाका ३ वटा वडा एक हप्ताका लागि पुर्ण रुपमा शिल गरिएको छ । कोरोनाको जोखिम बढेपछी आज बिहान ४ बजे देखि आगामी १३ गते शनिबार सम्मका लागि ३ वटा वडा पुर्ण रुपमा सिल गरिएको निमित्त प्रमुख प्रसाशकिय अधिकृत धुव्र प्रसाद लम्सालले जानकारी दिनुभयो । उहाँ अनुसार वडा नम्बर ९,११ र १२ लाई एक हप्ताका लागि पुर्ण रुपमा सिल गरिएको छ । साथै उक्त वडाहरु भित्र अत्यावश्यक काम बाहेक हिँडडुल नगर्न नगरपालिकाले एक सुचना जारी गरि आग्रह गरेको छ ।
संक्रमित ब्यक्तिहरुको सम्पर्कमा आएका हरुको कन्ट्याक्ट हिस्ट्री को आधारमा कन्ट्याक्ट ट्रेसिङ सुरु गरिने भएको छ ।।

टिमखबरसम्बाददाता: सत्य बहादुर बटाला

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार