रुकुम पश्चिम:सत्य बहादुर बटाला

रुकुम पश्चिका तिन स्थानिय तहमा निषेधज्ञा जारी गरिएको छ। आइतबार एकैदिन १८ जनामा कोरोना संक्रमित पुष्टि भएपछी कोरोना संक्रमनको जोखिमलाई मध्ये नजर गरी आज बिहान ४ बजेदेखी आगामी १४ गत्ते आइतबार राती १२ बजे सम्मका लागी तिन स्थानिय तहमा निषेधज्ञा जारीगरिएको हो ।
मुसिकोट नगरपालिका र सानिभेरी गाउँपालिकाका सम्पूर्ण क्षेत्र तथा आठविसकोट नगरपालिकाका तिन वटा वडामा निषेधज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लामा कोरोना भाइरसका संक्रमितहरु थपिदै गएकाले यसको रोकथाम तथा न्युनिकरणका लागी संक्रामक रोग ऐन २०२० एवं स्थानिय प्रशासन ऐन २०२८ बमोजिम एरिया सिल तथा निषेधज्ञा जारी गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनु्सार निषेधज्ञा जारी गरिएका क्षेत्रमा अत्यावश्यक बाहेका सबै सेवा बन्द हुने छन । यस अवधीमा अत्यावश्यक काम नपरी हिडडुल गर्न पनि निशेषध गरिएको छ । एम्बुलेस, शवबाहन, शान्ति सुरक्षा, स्वास्थ्य, विद्युत, दुर सञ्चार, खानेपानी, दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास पेट्रोलिमय पदार्थ, औषधी पसल, खाद्यान्न, तरकारी आपुर्त, अत्यावश्यक सेवामा खटिएका जनशक्तिहरुले प्रयोग गरेका सवारी साधनहरु विपद सम्बन्धी लगाएतका अत्यावश्यक सेवाहरु मात्र सूचारु हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस्तै खाद्यान्न तथा तरकारी पसलहरु भने आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरी बिहान ६ बजेदेखी ९ बजे सम्म मात्र सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार