टिमखबर सम्बाददाता: सत्य बहादुर बटाला

पश्चिमको आठविसकोमा कोरोनाको जोखिम कम गर्न स्थानिय आफै सिल गरिएको सिमाक्षेत्रमा खटिय ÷ स्थानियले यती चासो र चिन्ता गर्नेहो भने कोरोनाको जोखिम कम गर्न सकिने ।।
रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा गएको शनीवारका दिन नगरपालिकाका ६ जनामा कोरोना भाइरसको सँक्रण पुष्टी भएसँगै नगरपालिकाको तिन वटा वडालाई एक हप्ताका लागी अत्याआवश्यक काम बाहेक पुर्णरुपमा सिल गरिएको छ ।
यस्तै रुकुम पश्चिममा हिजो एकै दिन १८ जनामा कोरोना सँक्रमण पुष्टि भएपछी आज देखी आउदो भदौ १४ गते सम्मका लागी सिल गरिएको जिल्ला प्रशासन कार्यलय रुकुम पश्चिमले जनाएको छ ।
यता आठसिकोट नगरपालिकाका ९,११,र १२ नम्वर वडालाई लक्षित गरी हप्तादिनका लागी सिल गरिएको हो ।
सिललाई थप मजबुत बनाउनका लागी नगरपालिकाको १२ नम्वर वडाको स्थानिबार्खुमा वडा सदस्य खड्क कामीको नेतृत्व र सम्पुर्ण गाउलेको सहभागीतामा कोरोना समुदाय स्तरमा फैलन सक्ने भन्दै यस्को जोखिम कम गर्नका लागी १२ नम्वर वडाको सम्पुर्ण सिमाक्षेत्रमा आउदो भदौ १५ गते सम्म एक दिनमा एक घरल,े एक सिमा क्षेत्रमा बस्ने गरी सहमती गरीएको १२ नम्वरका वडा सदस्य , खड्क कामीले जानकारी दिनु भयो ।
१५ गते सम्म आवतजावतलाई पुर्ण रुपमा रोक लगाइएको पनी उहाँले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार काला खोला देखी पुजाखोलाको झुलुङगे पुल सम्म , गोइरी देखी स्यानी बार्खु जाने रोड माथी झ्यारम खोला सम्म , स्यानिवार्ख र घेत्माको सिमाना खौलाको सिमाक्षेत्रमा स्थानियले पुर्णरुपले कडाई गर्ने प्रतिवद्धता जनाएका छन ।
कोही कसैले जवरजस्ती गाउँ प्रवेश गर्न खोजे र गाउँ बाहिर जान खोजे सँक्रामक रोग ऐन २०२० अनुसार कारवाही समेत गरिने वडा सदस्यले कामीले जानकारी दिनु भयो ।
स्थानियले यती चासो र चिन्ता गर्नेहो भने कोरोनाको जोखिम कम गर्न अवश्य सकिने छ ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार