टिमखबर सम्बाददाता: सत्य बहादुर बटाला

आठविसकोटमा कन्ट्रयाक्ट ट्रेसिङ तिव्र गतीमा हुदै ।।
रुकुम पश्मिको आठविसकोट नगरपालीकामा गत शनिवार ४ जना पुरुष र २ जना महिलाई कोरोना सँक्रमण पुष्टी भएपछी तिव्र गतीमा कन्ट्रयाक्ट ट्रेसिङ अगाडी बढाइएको नगरअस्पतालका स्वास्थ्य सँयोजक मनिराज शाहले वताउनु भयो ।
उहाका अनुसार आज एकै दिनमा एक सय ३४ जनाको स्वाव सँकलन गरी चौरजाहरी प्रयोगशालामा पठाउने तयारी गरिएको छ ।
११ र १२ नम्वर वडाका ६ कोरोना सँक्रमितहरुको सम्पर्कमा आएका २१ महिला र ११३ जना पुरषको स्वाव सँकलन गरिएको उहाँले वताउनु भयो ।
अँझै सँक्रमित ब्यक्तिहरुको सम्पर्कमा आएकाहरुको स्वाव सँकलन गरिनेका जारी रहेको पनी अस्पताल स्रोतले जनाएको छ ।
यता राडी स्थिती आइसोलेसन वार्डमा सारिएका ६ सँक्रमितहरुलाई कुनै पनी लक्षण नदेखीएको उनीहरुसवैको अवस्था सामान्य रहेको अस्पतालमा कार्यरत सँक्रमितहरुको उपचारमा खटिनु भएका डेल्थ असिस्टेन्ट पुरण केसीले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार