नेकपा सचिवालय बैठक भदौ १३ गते बस्ने

 

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलले भदौ १३ गते सचिवालय बैठक बस्ने तय गरेको हो ।

कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको हो । नेकपा विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा साउन ३० गते गठन भएको नेकपा कार्यदलले शनिबार अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार