वीरगन्ज, भदौ ११ : कोरोना भाइरसको संक्रमणबाट नारायणी अस्पतालमा २३ वर्षीया गर्भवतीको मृत्य भएको छ। बिहीबार बिहान बाराको हर्दियाकी २३ वर्षीय गर्भवती युवतीको कोरोनाबाट मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले बताए। उनी सात महिनाकी भर्गवती रहेको डा.चौरसियाले बताए। उनलाई ज्वरोसँगै श्वासप्रश्वासमा समस्या आएको थियो। स्वास्थ्यमा समस्या आएपछि नारायणी अस्पताल भर्ना गरिएको थियो। कोरोनाको लक्ष्मण देखिएपछि अस्पतालले स्वाब परीक्षण गरेको थियो। कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको प्रवक्ता डा.चौरसियाले बताए। उनको आज बिहान ६ः३० बजे उपचारका क्रममै मृत्यु भएको अस्पतालले जनाएको छ। उनलाई उच्चरक्तचाप पनि देखिएको थियो। कोरोनाबाट गर्भवतीको मृत्यु भएको नेपालमा यो पहिलो घटना हो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ७६ पुगेको छ। बुधबारसम्म एक सय ७५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको थियो!

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार