- सत्य बहादुर बटाला

भदौ १,रुकुम । पश्चिमको आठविसकोट नगरपालिका वडा नँ १४ बाँकेका पुर्व जनमुक्ती सेना चन्द्र बहादुर विक अहिले सुगर रोगका कारण अस्पतालको शैयामा थला पर्नु भएको छ ।
उहाँ विगत एक वर्ष देखी सुगर रोगले ग्रसीत भएको उहाँका आफन्तले वताएका छन ।
देशको भविष्य बनाउने सपना बोकेको एउटा यौद्धा अस्पतालको शैयामा आफ्नै जिवन सपना विनाको वाटोमा लाग्दा कस्तो पिडा हुन्छ होला, त्या स्वयम पिडा भोग्नेलाई थाहा हुन्छ ।
अहिले विक आठविसकोट नगरअस्पतालमा उपचार गराई राख्नु भएको छ ।
विकको पारिवारीक स्थिती निकै कम्जोर भएका कारण पनी आज सम्म राम्रो अस्पतालमा पु¥याउन नसकिएको वताइएको छ ।
यता उहाँको उपचारका लागी पुर्व गृहमन्त्री तथा प्रनिनिधी सभाका सदस्य जनार्दन शर्मा प्रभाकरले उहाँको स्वास्थ्य स्थितीवारे टेलिफोन द्धारा बुझ्नु भएको छ ।
प्रभाकरले उपचारमा सँलग्न डाक्टर विसद दाहल र चन्द्र सँग स्वास्थ्य स्थितीबारे बुझ्नु भएको नेपाल कम्यनिष्ट पार्टि नेकपाका जिल्ला कमिटी सदस्य तथा आठविसकोट नगरकमिटी सचिव रवी केसीले जानकारी दिनु भयो ।
अहिले नगरअस्पतालमा उपचारमा लाग्ने खर्च ने.क.पा आठविसकोट नगर कमिटीको पहलमा ब्यवस्था गरिने सचिव केसीले जनाउनु भयो ।
यदी नगरअस्पतालमा उपचार सम्भव नभए टेलिफोनमा कुरा गर्दै मन्त्री प्रभाकरले विरामीलाई तत्काल नआत्तिन भन्नु भएको छ । अहिले विश्वब्यापी रुपमा कोरोना भाइरस फैलिएको हुदा र यही आठविसकोटमै कोरोना सँक्रमित फेला परेको हुँदा झन समस्या भएका कारणले यस्को सँक्रमण केही कम भएपछी विरामीलाई अलि जटिल अवस्था आएपछी पुर्व मन्त्री प्रभाकरले आफ्नै पहलमा काठ्माण्डाँै लैजाने र उपचार गराउने प्रतिवद्धता साथै स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार