- गोपाल बटाला(Gb)

काठमाडौं । विगत लामो समय देखि नेपाली गित संगीत क्षेत्रमा निरन्तर आइरहेका बेला लोक गीत”बुढो विदेश रैछ”बजारमा सार्वजानिक भएको छ। उक्त गीतमा गायक मिन प्रकाश ओली र गायिका उषा कार्कीको स्वर रहेको छ भने गायक स्वयम मिन प्रकाश ओलीको शब्द सिर्जना साथै लय रहेको उक्त गित मा मोड्लिङ भने भुपाल कार्की,उषा कार्की, दिपक लामा, कमला नेपाली र सरिता गुरुङ को अभिनय रहेको छ । राजु सनमको संगीत संयोजनमा तयार भएको गित मीन प्रकाश खडकाको छायांकन तथा सम्पादन लक्ष्मन चौहानले गरेका छन् । उषा कार्कीले गायिकीसँगै अभिनयमा पनि पाईला चालेकी छन । बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियो OSR Digital को अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार