रुकुम पश्चिमको: मुसिकोट नगरपालिकामा एक हप्ता देखी जारी निषेधाज्ञाको अवधी थपिएको छ । आज बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) को बैठकले मुसिकोट नगरपालिकामा निषेधाज्ञा एक साता थप्ने लम्ब्याउने गरेको हो
कोरोना भाइरस संक्रमनको फैलावटलाई रोकथाम तथा नियन्त्रणका लागी गत ८ गत्ते बिहान ४ बजेदेखी जारी गरिएको निषेधाज्ञाको अवधी आज राती १२ बजे सकिदै थियो तर पछिल्लो समय जिल्लामा संक्रमितहरु बढिरहेकाले निषेधाज्ञाको अवधी आगामी २१ गत्ते राती १२ बजे सम्म बढाइएको प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौड्यालले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पौड्यालका अनुसार त्रिवेणी गाउँपालिकाका २ वटा वडालाई पनि एक हप्ताका लागी सिल गरिएको छ । गाउँपालिकाका ९ र १० नम्बर वडा सिल गरिएको हो । नम्बर ९ का ५५ वर्षीय र वडा नम्बर १० का ४१ वर्षीय पुरुषमा सनिबार कोरोना संक्रमन पुष्टि भएपछी जोखिम बढेकाले यी दुई वडा सिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निषेधज्ञा जारी गरिएका क्षेत्रमा अत्यावश्यक बाहेका सबै सेवा बन्द रहने प्रशासनले जनाएको छ । यस अवधीमा अत्यावश्यक काम नपरी हिडडुल गर्न पनि निशेषध गरिएको छ । एम्बुलेस, शवबाहन, शान्ति सुरक्षा, स्वास्थ्य, विद्युत, दुर सञ्चार, खानेपानी, दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास पेट्रोलिमय पदार्थ, औषधी पसल, खाद्यान्न, तरकारी आपुर्ती र विपद सम्बन्धी अत्यावश्य सेवाहरुमात्र सूचारु हुने छन ।
यस्तै खाद्यान्न तथा तरकारी पसलहरु भने आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरी बिहान ६ बजेदेखी ९ बजे सम्म मात्र सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसैविच सानिभेरी गाउँपालिका र आठविसकोट नगरपालिकामा भने यस अघि जारी गरिएको निषेधाज्ञा हटाइएको छ । यसअघी संक्रमित भएकाहरुको सम्पर्कमा रहेका सबै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएकाले यी दुई पालिकामा तत्कालका लागी जोखिम कम भएको भन्दै निषेधाज्ञा फुकुवा गरिएको हो ।।