काठमाडौं । कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा कार्यरत १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सुरुमा प्रभागमा कार्यरत दुई जनामा ज्वरो आएको थियो । त्यसपछि गरिएको स्वाव संकलनमा उनीहरुमा कोरोना पुष्टि भएपछि बिहीबार थप २३ जनाको परीक्षण गरिएको थियो । उनीहरुमध्ये १७ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म काठमाडौं उपत्यकामा ११० जना ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार