- गोपाल बटाला(Gb)

काठमाडौं, भाद्र १७। काठमाडौं उपत्यकामा निषेधाज्ञा एकसाता थपिएसँगै जिल्ला प्रशासनले याे अवधिमा गर्न पाउने र नपाउने विषयको सूची सार्वजनिक गरेको छ।                                   बुधबार काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो। यसअघि गरिएको दुई साता लामो निषेधाज्ञा बुधबार मध्यरातिबाट सकिँदैछ। निषेधाज्ञाको समय थप गरिए पनि केही सहज बनाउने निर्णय भएको छ।निर्णय गर्नु पहिले प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकाका जनप्रतिनिधि, स्वास्थ्य विज्ञ र उद्योगी व्यवसायीसँग परामर्श गरेका थिए।              परामर्शका क्रममा फरक फरक सुझाव आएपछि प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयको राय लिएर निर्णय गरेका हुन्। जनप्रतिनिधिले थप कडाइ गर्न र उद्योगी व्यवसायीले खुल्ला गरेर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन माग गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार