- सत्य बहादुर बटाला

रुकुम पश्चिमको आठविसकोट नगरपालिका दामाचौरमा निर्मानाधिन खानेपानी आयोजनामा बाढीले व्यापक क्षेती पु¥याएको छ । उसम खोलामा आएको बाढीले आठविसकोट नगरपालिका वडा नम्बर ६ दामाचौरमा निर्मानाधिन खानेपानी आयोजनामा क्षेती गरेको हो ।

स्थानिय उसुम खोलामा आएको बाढीले डोविस खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत निर्माण भैरहेको आयोजनामा क्षेती गरेका वडा अध्यक्ष डिल बहादुर सार्कीले जानकारी दिनुभयो । वडा अध्यक्ष सार्कीका अनुसार खोलामा बाढी आएपछी आयोजनाका ८ वडा पिलर र २ सय मिटर पाइप बगाएको छ ।
बाढीले निर्मानाधिन आयोजनामा करिव २ लाख ५० हजारको क्षेती गरेको उहाँको भनाई छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सर्खेतको १ करोड ७५ लाख लागतमा निर्माण भैरहेको उक्त आयोजनामा क्षेती भएको हो । अहिले पनि क्षेती भएको ठाउँमा निर्माण भैरहेको बताइएको छ ।
यो खानेपानी आयोजना निर्माण सम्पन्न भए दामाचौरका १ सय २० परिवारको घर घरमा धारा पुग्ने वडा अध्यक्ष सार्कीको भनाई छ ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार