- सत्य बहादुर बटाला

वर्षौंदेखी साहारा बिहिन बनेका रुकुम पश्चिमका एक दम्पतीलाई समाजसेवी ऋषिराम खड्काले बाँचुन्जेल सम्म खाद्यान्न बेहोर्ने हुनुभएको छ ।

सहारा विहिन सानोभेरी गाउँ पालिका ११ का पदमसिह रोका र उहाँकी पत्नीलाई खाना धौ–धौ भएपछि ऋषिरामले मासिक १ बोरा चामलको व्यवस्था गरिदिने बताउनुभएको हो ।

उहाँले यसै महिना देखी चामल दिन शुरु रि सक्नुभएको छ । सोही वडामै घर भै हाल काठमान्डौँमा बस्दै आउनु भएका खड्काले रोका दम्पतीलाई भोकै मर्न नदिने भन्दै बाचुञ्जेल सम्म खाद्यान्न उपलब्ध गराउन लाग्नु भएको हो ।
रोकाय दम्पती लामो समय देखी साहारा बिहिन भएको थाहा पाएपछी उनिहरुको पुर्नस्थापना र सुरक्षाका लागी सोही गाउँपालिकाका सिर्जना ओलीले अभियान थाल्नु भएको थियो । उहाँकै पहलमा आफुहले ति दम्पतीलाई प्रत्यक महिना एक बोरा चामल उलब्ध गराउने गरी यसै महिनाबाट शुरु गरिएको जानकारी दिनुभयो ।
समाजसेवी खड्काले यसअघी पनि विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आउनु भएको छ । रुकुम पश्चिमका कृष्ण ओली र रुपा मगरको उद्दारको लागी पनि सामाजिक रुपमा पहिलो पहल उहाँलेनै गर्नुभएको थियो ।
खड्काले रुकुम पश्चिमकै क्यान्सर पिडित धर्म ओली, मागि खड्का र जमुना गहतराज लगायतकालाई पनि सहयोग गर्नुभएको थियो ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार