- रुकुम पच्सिम: सत्य बहादुर बटाला

रुकुम पश्चिम:नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिमले ५८ औँ स्थापना दिवसका अवसरमा कैदी बन्दी, सुरक्षा कर्मी र जिल्ला कारागारमा कार्यरत कर्मचारीहरुलाई मास्क र साबुन वितरण गरेको छ ।
कोरोना भाइरसको जोखिम बढेका कारण स्थापना दिवसका अवसरमा औपचारिक कार्यक्रमको आयोजना नभएपनि जिल्ला काराकारमा रहेका कैदी बन्दि, कारागारमा कार्यरत सुरक्षाकर्मी र कर्मचारीहरुलाई मास्क र साबुन वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कोषा अध्यक्ष यज्ञ बहादुर केसीले जानकारी दिए ।
केसिका अुनसार कोरोना भाइरस संक्रमन रोकथाम तथा नियन्त्रणमा सघाउन सहयोग होस भनि ८ सय ५० वटा सर्जीकल मास्क र १ सय ६५ वटा हात धुने साबुन वितरण गरिएको हो । रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिमका सभापती रमा गौतमले जिल्ला कारागारका जेलर गौमता पुनलाई मास्क र साबुन हस्तानतरण गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार