- रुकुम पश्चिम:सत्य बहादुर बटाला

सत्य बटाला रुकुम पश्चि
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका सम्पुर्ण समुदायिक बिधालयमा कार्यरत शिक्षक , कर्मचारिहरुको नि शुल्क कोरोना जोखिम विमा गरिने भएको छ ।
नगरपालिका भित्रका २२ वटा सामुदायीक बिधालयमा कार्यरत १ सय ६६ जना शिक्षक तथा शिक्षिकाहरुको निशुल्क कोरोना जोखिम बिमा गर्न लागिएको हो । समुदायिक बिधालयका स्थायी ,अस्थायी, करार, राहात र अनुदान शिक्षक र अन्य कर्मचारिहरुको निशुल्क कोरोना विमा गर्न लागिएको शिक्षा अधिकृत इन्द्र बहादुर बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार नगर भित्रका बिभिन्न तहका सामुदायीक बिधायलयहरुमा कार्यरत स्थायी ९० जना अस्थायी १६ जना राहात ५० जना र अनुदानका १० जना गरि जम्मा १ सय ६६ जना शिक्षक शिक्षिकाहरुको निशुल्क कोरोना जोखिम बिमा गर्न लागिएको हो । यस्तै यहाँका सामुदायीक बिधालयमा कार्यरत ६० जना कार्यालय सहयोगीहरुको पनि निःशुल्क कोराना जोखिम बिमा गरिदै छ ।
राज्य कोषबाट तलब भता र पारिश्रमिक लिने शिक्षक तथा कर्मचारिको १÷१ लाख बराबरको निशुल्क कोरोना जोखिम विमा गर्न लागिएको नगर प्रमुख गोर्ख बहादुर के सी सन्देशले जानकारी दिनुभयो । विश्वभर नै महामारिको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९को उच्च जोखिमलाई मध्यनजर गदै सामुदायिक बिधालयमा कार्यरत शिक्षक कर्मचारीहरुको सामुहिक कोरोना जोखिम बिमा गर्न लागिएको उहाँको भनाई छ । नेपाल सरकारले जारी गरेको पत्र अनुसार यस नगरपालिकाले पनि सामुदायिक विध्यालयमा कार्यरत शिक्षक कर्मचारीको निशुल्क कोरोना विमा कार्यक्रम अघि सारेको नगर प्रमुख केसिले बताउनु भयो ।
यस्तै नगरपालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखामा सम्पुर्ण शिक्षक कर्मचारीको बिबरण संकलण भएपछि छिट्टै राष्ट्रिय विमा कम्पनी लिमिटेडको शाखा कार्यलय सुर्खेतमा पठाइने शिक्षा अधिकृत बिष्टले बताउनुभयो ।
यो बिमाको अबधि आर्थिक वर्ष २०७७ ÷ ०७८ को अन्तिम सम्म रहने बताइएको छ ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार