- सत्य बहादुर बटाला: रुकुम पश्चिम

रुकुम पश्चिममा आज एकैदिन १९ जना कोरोनालाई जितेर घर फर्किएका छन । यसअघी कोरोना संक्रमित भई जिल्लाका विभिन्न सँस्थागत तथा होम आइसोलेसनमा बसेका १९ जनालाई डिस्चार्ज गरिएको छ ।

जिल्ला अस्पताल सल्लेको आइसोलेसनबाट चार जना, आठविसकोट नगरपालिकाको आइसोलेसन बाट ६ जना र होम आइसोलेसनमा बसेका ९ जना कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका हुन ।

कोरोना संक्रमित भई आइसोलेसनमा बसेका जिल्ला प्रहरी कार्यालयमा कार्यरत तिन जना प्रहरी र अर्का एक पुरुष सहित जिल्ला अस्पतालको आइसोलेसनबाट चार जनालाई डिस्चार्ज गरिएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्सन इश्वर रावलले जानकारी दिनुभयो ।
फोकल पर्सन रावलका अनुसार आठविसकोटनगरपालिकाको आइसोलेसनमा बसेका ६ जना पनि १४ दिन पुरा गरी घर फर्किएका छन ।

कोरोना संक्रमित भएका दुई महिला र ४ जना पूरुष निको भए सँगै तत्कालका लागी आठविसकोट नगरापलिका कोरोना मुक्त भएको छ ।

यस्तै कोरोना पुष्टि भै होम आइसोजेसनमा बसेका मुसिकोट नगरपालिकाका ९ जनापनि डिस्चार्ज भएका छन । कोरोना संक्रमित भए होम आइसोलेसनमा बसेका विभिन्न कार्यालयका कर्मचारीहरु स्वस्थ भएका हुन । संक्रमन पुष्टि भएपछी आइसोलेसनमा बसेको १४ दिन पुगेको र दोस्रो पटकको कोरोना रिपोर्ट नेगेटिभ आएकाले उनिहरु सबैलाई डिस्चार्ज गरिएको हो ।

यस सँगै जिल्लामा कुल संक्रमित ६४ जना मध्ये निको हुनेको सङ्ख्या ५५ पुगेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । हाल जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ९ रहेको र उनिहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको फोकल पर्सन रावलले जानकारी दिनुभयो ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार