- सत्य बहादुर बटाला

सत्य बटाला २१भदौ:रुकुम पश्चिमम लागु औषध सहित तिन जना पक्राउ परेका छन । जिल्लाको आठविसकोट नगरपालिका वडा नम्बर ५ जलिगार्डबाट तिन जनालाई लागु औषध सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा जाजरकोटको नलगाड नगरालिका ९ का ३७ वर्षीय प्रेम बहादुर सिंह, सोेही वडाका ४० वर्षीय मान बहादुर सिंह र ३२ वर्षीय तप बहादुर सिंह रहेका छन ।
आठविसकोट नगरपालिका क्षेत्रमा लागुऔषध कारोबार भैरहेको भन्ने गोप्य सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको संयुक्त टोलीले उनिहरुलाई सनिबार साँझ ७ बजे नियन्त्रणमा लिएको हो ।
शंकास्पद रुपमा हिडीरहेको अबस्थामा रितपूर्वक खानतलासी गर्दा उनिहरुले बोकेको झोलाबाट १६ के.जी. लागु औषध अफिम बरामत गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक ठग बहादुर केसीले जानकारी दिनुभयो । पक्राउ परेका तिनै जनामाथी थप अनुसन्धान भैरहेको डिसपी केसीले बताउनुभयो ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार