- सत्य बटाला

सत्य बटाला भदौ२२:रुकुम पश्चिमको आठविकोट नगरपालिकामा नेपाल रेडक्रस सोसाइटी उपशाखा आठविसकोटले क्वरेन्टिन ब्यवस्थापकको लागी सामग्री हस्तान्तरण गरेको छ ।
आठविसकोटमा तयार पारिएका तिन वटा क्वरेन्टिनमा आज उक्त सामग्री हस्तान्तरण गरिएको उपशाखा सचिव तेज बहादुर मल्लले वताउनु भयो ।
क्वरेन्टिनलाई थप ब्यवस्थित बनाउनका लागी उपशाखाले ९ नम्वर वडाको बालकल्याण मावि राडी , १० को जनता मावि झिन्चौर , र सोही वडाकै लालीगुराँस आधारभूत विद्यालय भयाउनेमा बनाइएमा व्वारेन्टिनमा सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा आठविसकोटले जनाएको छ ।
वितरण गरिएका सामग्रीहरुमा टुटिसहीतको हात धुने ड्रम एक ÷एक सेट , डसविन एक ÷एक सेट, स्यानीटरी प्याड राख्ने सानो डस्विन एक ÷एक सेट उक्त बिधालयका प्र.अ .लाई हस्तान्तरण गरिएको हो ।

बालकल्याण माध्यामिक बिधालयमा रहेको क्वारेन्टिमा मास्क महिलाहरुका लागी डिग्निटी किट आठ सेट , स्यानिटाइजर , गोलवस , लगाएतका सामाग्रीहरु बुझाईको हो। अन्य २ वटा क्वरेन्टीन खाली भएको हुदा मास्क ,डिग्निटी किट, स्यानिटाइजर , गोलवस लगायएतका सामाग्रीहरु दिइएको छैन । क्वारेन्टिमा मान्छे भएपछि रेडक्रस सोसाइटी उपशाखामा भएको सामाग्रीहरु उपलब्ध गराउने उपशाखा उपसभापति कर्ण बहादुर शाहिले बताउनु भयो ।

सामग्री वितरण कार्यमा नेपाल रेडक्रस सोसाइटी उपशाखा उपसभापती कर्ण बहादुर शाही , सचिव तेज बहादुर मल्ल , कोषाध्यक्ष दिप बहादुर खत्री लगाएतका पदाधीकारीले प्रत्यक विद्यालयमा गएर प्रधानाध्यापकलाई हस्तान्तरण गरिएको सचीव मल्लले जानकारी दिनु भयो ।
हाल बालकल्याण माविको क्वरेन्टिनमा अहिले ९ जना महिला र १४ जना पुरुष गरी २३ जना रहेको क्वरेन्टिन ब्यवस्थापक मान बहादुर वटालाले जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार