- टिम खबर सम्बादाता:सत्य बटाला

सत्य बटाला २८ भदौ
रुकुम पश्चिमको आठविककोट नगरपालिका स्याँलाखदीमा एक महिना अघी देखि खाद्यन्नको अभाव भएपनि अहिल सम्म आपुर्ति हुन सकेको छैन । गाउँमा खाद्यन्न अभाव भएपछी त्यहाँका स्थानियहरु समस्यामा परेका छन । वर्षाका कारण अवरुद्ध भएको सडक सूचारु नहुँदा खाद्यन्न ढुवानी गर्न नसकिएपछी गाऊँमा चामलको अभाव कायमै रहेको वडा अध्यक्ष केसरमान विकले बताउनुभयो । अहिले घोडा खच्चडमार्फत ढुलानी गरिएको चामल सबैलाई नपुगेपछी त्यहाँका नागरिकहरु मारमा परेका छन । वडा नम्बर १,२ र ३ मा एक क्वीन्टल चामलाई ७ हजार पाँच सय भन्दा बढी मुल्य तिर्नु पर्ने बाध्यता भएको स्थानिय गोपाल बुढाले बताउनुभयो  गाउँमा चामल अभाव भएपछी व्यापारीहरुले मनोमानी रुपमा मुल्य बढाए पछी महंगो भएको उहाँको भनाई छ। यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटड शाखा कार्यलय रुकुम पश्चिमले भने स्याँला खदी विक्रि केन्द्रका लागी ५ सय क्वीन्टल चामलको कोटा निर्धारण गरिएको र टेन्डर पनि स्वीकृत भैसकेकाले अव तत्कालै खाद्यन्न आपुर्ती हुने जनाएको छ । स्याँलाखतीमा खाद्यन्न अभावको दिर्घ कालिन समाधानका लागी खाद्य डिपो राख्ने योजना समेत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जिल्ला शाखाका निमित्त प…

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार