- टिमखबर:सम्बादाता

कांग्रेस कार्यकर्तालाई पार्टी प्रवेश गराएसँगै भीमबहादुर विष्टको नेतृत्वमा नेकपाको टोल कमिटी गठन भएको छ । २१ सदस्यीय उक्त कमिटीमा गोपाल बटाला सचिवको रुपमा रहेका छन् ।

साथै नेकपाका नवप्रवेशी कर्ण बहादर खत्री, वीरबहादुर नेपाली, अन्जन बटाला, लक्ष्मण बटाला, डिल्ली बिक, प्रकाश विष्ट, धर्मे कामी, दिपेन्द्र विष्ट, मनोज विष्ट, नवराज विष्ट र सुर्जित विष्ट लगायतको कमिटी गठन भएको हो ।त्यहाँ का जुजारु यूबा मनोज बिस्टले जानकारी दिनुभयको छ।

भेलामा नवप्रवेशी नेता तथा कार्यकर्ताले नेपाली कांग्रेसले जनताको हितमा केही काम गर्न नसकेकाले नेकपा प्रवेश गरेको बताए । साथै गैरराजनीतिक गतिविधि गरेकाले आफूहरु नेकपामा समावेश भएको उनीहरुको भनाइ थियो । उनीहरुमध्ये वडा सदस्य समेत रहेका लक्ष्मण बटालाले कांग्रेसकै कारण युवाहरु पछाडि परेको दावी गरेका छन् ।

कार्यक्रममा नेकपाका जिल्लास्तरीय प्रभावशाली नेता मनीराज बटालाले नवप्रवेशीहरुलाई अविर र फूलमाला लगाएर स्वागत गरेका थिए । यस्तै प्रमुख अतिथिको रुपमा उनले भेलालाई सम्बोधन पनि गरेका थिए । उनीसँगै वडा कमिटीका अध्यक्ष खडानन्द रिजाल लगायत अन्य स्थानीय नेताले पनि नवप्रवेशीलाई स्वागत गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार