सत्य बटाला
रुकुम पश्चिम: आज एकैदिन २३ जनामा कोरोना भाइरस संक्रमन पुष्टि भएको छ । पिसिआर प्रयोगशाला चौरजहारीमा गरिएको परिक्षणमा चौरजहारी नगरपालिकाका २३ जनामा संक्रमन पुष्टि भएको हो ।
नगरपालिकाका१ सय ३९ जनाको स्वाबको नमुना परिक्षण गर्दा २३ जनामा भाइरस पोजेटिभ देखिएको हो । थपिएका नयाँ संक्रमितहरु चौरजहारी नगरपालिकाका विभिन्न वडाहरूमा स्थायी ठेगाना भएका केही दिनअघी भारतबाट आई आईसोलेसनमा बसेका ११ जना पुरूष र ७ जना महिला गरी जम्मा १८ जना जना रहेका छन ।
यस्तै काठमाडौँदेखि आएका १ जना पुरूष, अन्य २ पुरूष र २ महिला गरी थप २३ जनामा संक्रमन पुष्टि भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राम बहादुर केसीले जानकारी दिनुभयो ।
कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाव परिक्षण गरिएका ४ जनामा पनि संक्रमन देखिएको अधिकृत केसीले बताउनुभयो । उहाँका अनुसार थपिएका नयाँ संक्रमितहरु वडा नम्बर २ का १ जना, वडा नम्बर ३ र ४ का दुई÷दुई र ६ नम्बर वडाका ६ जना रहेका छन । यस्तै सबै भन्दा बढी वडा नम्बर ७ का ७ जना रहेका छन ।
यसैगरी वडा नम्बर ९ र १२ का २ जना र १४ नम्बर वडाका १ जनामा संक्रमन देखिएको नगरपालिकाले जनाएको छ । यसैविच सोही प्रयोगशालामा परिक्षण गरिएको सानिभेरी गाउँपालिकाका ३६ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
अव जिल्लामा कोरोना संक्रमितको सङ्ख्या ९४ पुगेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । संक्रमित भएका मध्ये ६२ जना निको भैसकेका छन । नयाँ थपिएका सँगै अव सक्रिय संक्रमितको सङ्ख्या ३२ रहेको बताइएको छ ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार