- टिम्खबर सम्माददाता:

काठमाडौं : कोबिट १९ को कोरोना संक्रमणका कारण एक हप्ताको अवधीमा विदेशमा रहेका थप २१ नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, यूएईमा १ जना, युगान्डामा १ जना गरी गएको साता मात्रै थप २१ जना नेपालीको कोरोनाबाट ज्यान गएको पुष्टि भएको हो। शनिबार साँझसम्म १७ देशमा रहेका २ सय ६५ जना नेपालीको कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गएको स्वास्थ्य समितिले जनाएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याँक अनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८ सय ४८ जना नेपालीमा कोरोना पुष्टि भएको छ। तीमध्ये ३५ हजार ७८ जना कोरोनाबाट निको भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार