- सत्य बहादुर बटाला

रुकुम पश्चिम:

आठविसकोट नगरपालिका ६ मा अवरुद्ध भएको विद्युत सेवा तिन महिना पछी सूचारु भएको छ । गत असार २५ गत्ते कुलो भत्कीए पछी अवरुद्ध भएको रिजागार खोला लघुजलविद्युत तिन महिना पछी सूचारु भएको हो ।
अविरल वर्षाका कारण गत असारमा कुलो भत्कीएपछी त्यहाँका करिव ५ सय घरपरिवार अन्धकारमा बस्न बाध्य भएका थिए । अहिले लामो समयको प्रयासपछी मर्मत गरी विद्युत सूचारु गरिएको वडा अध्यक्ष डिल बहादुर सार्कीले बताउनुभयो । उहाँका अनुसार अवरुद्ध विद्युत मर्मतका लागी स्थानि ४ सय १५ घरले श्रमदान मात्रै गरेका छन । ५६ किलोवाटको विद्युत सेवा पटक पटक अवरुद्ध हुँदा स्थानियले सास्ती भोग्दै आएका छन ।
अहिले विद्युत सूचारु भएपछी दैनिक कामकाजमा सहज भएको स्थानिय निराजन खड्काले बताउनुभयो । वडा नम्बर ६ मुलातरा, दामाचौर, अनाह, डाब, छोटेबगरका नागरिकहरुले उक्त विद्युत सेवा उपभोग गरिरहेका छन ।
यस्तै नलगाड नगरपालिका तल्लुबगर, बायकाँडा, गुर्ता लगाएतको ठाउँमा पनि बत्ती बलीरहेको छ ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार