- टिमखबर संवाददाता

मेलम्चीनगरपालिकाले स्वास्थ्यकर्मी नियुक्तीमामनपरी गरेको खुलासाभएको छ । नगरपालिकाले भदौ २३ गते हेल्थ असिस्टेन्ट, अहेव र अनमीपदकालागि करार पदपुर्ति गर्ने भन्दै प्रकाशन गरेको विज्ञापनको पदपुर्तिमानियमविपरीत आफुखुसीछनौट प्रक्रिया अघि बढाएको देखिएको हो । पाँचजनाहेल्थ असिस्टेन्ट माग गरिएकोमा २० जनाले आवेदनदिएकाथिए । तर नगर प्रमुख र उप प्रमुखकानजिककामानिस नियुक्तगर्न केहीलाई मात्र परिक्षामाबोलाइएको परिक्षामा सामेल नगराएका परिक्षार्थीले आरोप लगाएका छन् । सोमबार नगरपालिकाले प्रकाशन गरेको अन्तिमनतिजामाअधिकाशं वस्तुगतप्रश्नमिलाएका परिक्षार्थीको नाम नअटाएपछि नगरपालिकाले गरेको पदपुर्ति प्रक्रियामाशंकाउत्पन्नभएको छ ।

नगरपालिको करारमा प्राविधिककर्मचारी पदपुर्ति सम्बन्धीकार्यविधिलत्याउँदै पदपुर्ति समितिले शैक्षिक योग्यता, अनुभवआदिको आधारमा परिक्षार्थीलाई दिनुपर्ने अंकमामनोमानी गरी प्रभाव र दबाबको आधारमा अन्तिमनतिजानिकालेको भन्दै असन्तुष्ट परिक्षार्थीहरुले बिहिबार नगरपालिकामाउजुरी समेत दिएका छन् । नगर प्रमुखकै संग्लग्नतामाअनियमितताभएको र नगर प्रमुखबाट निस्पक्ष छानबिन हुनेमा आशंका रहेको भन्दै असन्तुष्ट परिक्षार्थीहरुले त्यसको वोद्यार्थ अख्तियार दुरुपयोग अनुसन्धानआयोगलाई समेत दिएको बताएका छन् ।
‘परिक्षामा सोधिएकाअधिकांशवस्तुगतप्रश्नको सहि उत्तर लेखेर आएको थिएँ, अन्र्तवार्ता पनि राम्रै भएको थियो तर आफुभन्दाकमअनुभवी र कम शैक्षिक योग्यताभएको व्याक्तिको नाम सिरानमा देखेर छक्क परेको छु’ परिक्षामा सामेल भएका एक परिक्षार्थीले बताए । नगरपालिकाले लिखितनतिजाप्रकाशन परिक्षार्थीको लिखितप्राप्तांकमानभै वर्णानुक्रमअनुसार निकालेको थियो । परिक्षामा सामेल परिक्षार्थीहरुले नगरपालिकाकाप्रमुख डम्बर बहादुर अर्याल र उप प्रमुखभगवती नेपालले आफ्नो नजिकका मान्छे राख्नलाई मात्रै परिक्षाको प्रक्रियाको औपचारिकता गरेको आरोप लगाएका छन् । ‘आफ्ना नातागोता र नजिकका मान्छे राख्नलाई हाम्रो बौद्धिक अपमान गरियो, यस्तो थाहाभएको भएहामी परिक्षादिन नै आउँदैनथ्यौं’परिक्षामा सहभागी एक परिक्षार्थीले बताए ।
मेलम्चीनगरपालिकाकाप्रमुखको गतिविधीले नगरवासी निराश बनेको र नगरपालिकाप्रतिको जनविश्वास घट्दै गएकोमा नगर प्रमुखकै पार्टी नेकपाका नेतातथाकार्यकर्ता समेत चिन्तित बनेका छन् । यसअघि केही समयअघि नगरपालिकाकै कार्यालयभित्रमदिरा पार्टी चलेको भिडियो सार्वजनिकभएको थियो । त्यसको चर्को विरोध भएपछि नगरपालिकाले ढाकछोप गर्दै विज्ञप्ती निकालेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार